ब्राजिलका सेना, नौसेना र हवाई सेनाका प्रमुखको एकसाथ राजीनामा
काठमाडौं, चैत १८ : ब्राजिलमा सेना, नौसेना र हवाई सेनाका प्रमुखहरूले एकसाथ राजीनामा दिएका छन्। रक्षा मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार राष्ट्रपतिले सेनामाथि अनावश्यक...
काठमाडौं, चैत १८ : ब्राजिलमा सेना, नौसेना र हवाई सेनाका प्रमुखहरूले एकसाथ राजीनामा दिएका छन्। रक्षा मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाब दिने प्रयास गरेको विरोधमा उनीहरुले राजीनामा दिएका हुन्।
राष्ट्रपति जइर बोल्सोनारोले राजनीतिक सङ्कट जेलिरहेका यस अवस्थामा पुनः सेनातर्फका तीनओटा उच्च पदबाट राजिनामा आएको समाचारमा जनाइएको छ । राष्ट्रपतिसँग मतभेद भएर ब्रजिलका सेना, नवसेना तथा हवाई सेनाका प्रमुखहरूले एकसाथ राजीनामा दिनु यहाँको इतिहासमा सन् १९८५ पछिको पहिलो घटना भएको बताइएको छ ।
गत सोमबार मात्रै आफ्ना विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्न बोल्सोनारो बाध्य भएका थिए। बोल्सोनारोका समर्थक मानिएका विदेशमन्त्रीले सांसदहरूको आलोचनापछि राजीनामा दिनु भएको भोलिपल्टै सेना, नौसेना र हवाई सेनाका प्रमुखहरूको राजीनामा आएको बताइएको छ ।
सन् २०१९ को जनवरी बोल्सोनारोले सत्ता सम्हालेयताकै सबैभन्दा ठूलो राजनीतिक सङ्कटको सामना गर्नुपरेको छ। कोरोना भाइरस सङ्क्रमणको कारण विश्वमा दोस्रो स्थानमा परेको ब्राजिलमा कोरोना भाइरस महामारीलाई लिएर राष्ट्रपतिको लोकप्रियता खस्कँदो अवस्थामा छ।
ब्राजिलमा कोरोना भाइरसका कारण अहिलेसम्म ३ लाख १४ हजार व्यक्तिको ज्यान गइसकेको छ भने १ करोड २५ लाखमा सङ्क्रमण पुष्टि भएको छ।











-1784031842.jpg)