Kathmandu Press

बिजुली बजारमा मोटरसाइकल दुर्घटना हुँदा युवक मृत्यु

काठमाडौं, जेठ २३ : काठमाडौं महानगरपालिका–१० बिजुली बजारमा आज भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्।

सा....

बिजुली बजारमा मोटरसाइकल दुर्घटना हुँदा युवक मृत्यु

काठमाडौं, जेठ २३ : काठमाडौं महानगरपालिका–१० बिजुली बजारमा आज भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्।

साइकललाई ठक्कर दिएको बा ४१ प ५३६ नं.को मोटरसाइकल दुर्घटना हुँदा चालक ललितपुर महानगरपालिका–१२ घर भएका ३७ वर्षीय अम्मरराज ताम्राकारको एभरेष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

साइकल चालक फरार रहेकाले खोजी भइ रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–५ घर भई कोटेश्वर बस्ने २१ वर्षीया नीमा लामालाई थप उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ।

प्रकाशित मिति: १४:४७ बजे, बिहीबार, जेठ २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्