Kathmandu Press

बालाजु बाइपासमा सूचना केन्द्रको शिलान्यास

काठमाडौं, चैत १८ : काठमाडौं महानगरपालिकाले बालाजु बाइपासमा सूचना केन्द्र निर्माण गर्न थालनी गरेको छ । कामपाको स्वामित्वमा रहेको बालाजु बाइपासको कित्ता नं ९९...
बालाजु बाइपासमा सूचना केन्द्रको शिलान्यास

काठमाडौं, चैत १८ : काठमाडौं महानगरपालिकाले बालाजु बाइपासमा सूचना केन्द्र निर्माण गर्न थालनी गरेको छ । कामपाको स्वामित्वमा रहेको बालाजु बाइपासको कित्ता नं ९९ र १२५ मा सूचना केन्द्र निर्माणका लागि आज शिलान्यास गरिएको छ ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र कामपाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रूपमा सूचना केन्द्रको शिलान्यास गरे । निर्माण हुने केन्द्रले उत्तरी क्षेत्रबाट हुने आवागमनको लगत राख्ने छ । केन्द्रबाट बालाजुबाट बाहिरिँदा पुगिने ठाउँ र भित्र आउँदा आवश्यक पर्ने सेवा प्राप्त हुने ठाउँका बारेमा जानकारी दिइने पनि बताइएको छ । मन्त्री मानन्धरले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न उपत्यकाका विभिन्न स्थानमा सरकारले अत्याधुनिक सुविधा सहितका यस्ता केन्द्र स्थापना गर्ने लक्ष्य लिएको बताए।

‘कार्यक्रममा कामपाका प्रमुख शाक्यले सूचना केन्द्रले उपत्यका र काठमाडौँ महानगरसम्बन्धी आवश्यक सबै सूचना उपलब्ध गराइने छ’, उनले भने, ‘सूचना केन्द्रबाट पर्यटक र सर्वसाधारणलाई काठमाडौँ र उत्तरी क्षेत्र हुँदै पुगिने नुवाकोट, रसुवा र गोरखा जाने बाटोलगायत बारेमा पनि सूचना प्रप्त हुनेछ ।’ करीब एक करोड रुपैयाको लागतमा बालाजु बाइपासमा निर्माण हुन लागेको सूचना केन्द्रको निर्माणका लागि कमपाले ९५ लाख ६० हजार रुपैयाँ र उपभोक्ताले १० लाख ६० हजार रुपैयाँ व्यहोर्ने बताइएको छ ।
 

प्रकाशित मिति: १५:५२ बजे, बुधबार, चैत १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्