दलित अधिकारसम्बन्धी अभिमुखीकरण तालिम सुरु
काठमाडौं, चैत १८ : दलित अधिकारसम्बन्धि तीनदिने अभिमुखीकरण तालिम सुरु भएको छ। मंगलबार टोखा नगरपालिका–११ ले आयोजना गरिएको उक्त अभिमुखीकरण तालिममा ५० जनाको उपस्थिती...
काठमाडौं, चैत १८ : दलित अधिकारसम्बन्धि तीनदिने अभिमुखीकरण तालिम सुरु भएको छ। मंगलबार टोखा नगरपालिका–११ ले आयोजना गरिएको उक्त अभिमुखीकरण तालिममा ५० जनाको उपस्थिती रहेको आयोजकले जनाएको छ।
दलित समुदायको संवैधानिक, कानुनी अधिकारको विषयमा तालिम सञ्चालन गरिएको आयोजकले बताए। कार्यक्रमका प्रमुख अतिथि वडा ११ का अध्यक्ष उत्तम अधिकारीले तालिमको उद्वघाटन गरे। उनले पछाडि पारिएको दलित समुदायको सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक अवस्थालाई लक्षित गर्दै उक्त तालिमको आयोजना गरिएको बताए।
दलित महिला वडा सदस्य फुलमाया विकको संयोजनमा तालिम सञ्चालन गरिएको हो। उक्त तालिममा दलित समुदायमाथिको बढ्दो जातीय विभेद तथा हिंसात्मक गतिविधिबारे छलफल र अन्तरक्रिया भएको बताइएको छ।
प्रकाशित मिति: १५:२२ बजे, बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)