Kathmandu Press

अखिल क्रान्तिकारीले म्यानमार दूतावासलाई बुझायो विरोधपत्र

काठमाडौं, चैत १८ : माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले आज (बुधबार) ललितपुरको भैंसेपाटीस्थित म्यानमारको दूतावाससामु विरोध प्रदर्शन गरेको छ। म्यानमारमा केही समययता त्यहाँको सेनाले...
अखिल क्रान्तिकारीले म्यानमार दूतावासलाई बुझायो विरोधपत्र

काठमाडौं, चैत १८ : माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले आज (बुधबार) ललितपुरको भैंसेपाटीस्थित म्यानमारको दूतावाससामु विरोध प्रदर्शन गरेको छ। म्यानमारमा केही समययता त्यहाँको सेनाले लोकतन्त्रको माग गर्दै जारी प्रदर्शनमा नरसंहारकारी दमनविरुद्ध उनीहरू धर्ना र नाराबाजी गरे। 

अखिल क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङसहितको टोलीले दूतावासलाई विरोधपत्र जनाउँदै लोकतन्त्र, मानवअधिकार र शान्तिका विश्वव्यापी मूल्यहरुको खिलाफमा म्यानमारमा भइरहेकाे अमानवीय र क्रुर दमन अविलम्ब रोक्न  दूतावासमार्फत ध्यानाकर्षण गराएको छ।

‘आजको एक्काइसौं शताब्दीमा पनि सैन्य बुटको बलमा मच्चाइएको यस खालको अत्यन्तै पाशविक, बर्बर र हिंस्रक दमनको हामी घोर निन्दा र भर्त्सना गर्दछौं,’ विरोधपत्रमा उल्लेख छ ।

प्रकाशित मिति: १५:०८ बजे, बुधबार, चैत १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्