Kathmandu Press

‘जनप्रतिनिधि रोजगार, जनता बेरोजगार’

काठमाडौं, चैत १८ : नेपाली कांग्रेसकी सांसद सांसद लक्ष्मी परियारले अहिलेको सरकारले जनमतको अपमान गरेको आरोप लगाइन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोलदे उनले अलोकतान्किक...
‘जनप्रतिनिधि रोजगार, जनता बेरोजगार’

काठमाडौं, चैत १८ : नेपाली कांग्रेसकी सांसद सांसद लक्ष्मी परियारले अहिलेको सरकारले जनमतको अपमान गरेको आरोप लगाइन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोलदे उनले अलोकतान्किक र प्रतिगमन सच्चिनुपर्नेमा जोड दिइन्। 

उनले सबै जनप्रतिनिधि रोजगार भएको तर नेपाली जनता बेरोजगार िसमस्ष्याबाट पिल्सिएकोतिर भने कसैको ध्यान नगएको उनको सपष्टोक्ति थियो।

‘प्रधानमन्त्री केपी ओली  स्वःरोजगार हुनुहुन्छ, राष्टपति स्वः रोजगार हुनुहुन्छ,  मन्त्रीहरु स्वरोजगार छन् र हामी सांसदहरु पनि स्वः रोजगार छौ तर नेपाली जनता, नेपाली युवाहरु बेरोजगार छन्, उनले भनिन् । नेपाली जनतालाई बेरोजगार होइन स्वरोजगार गराउन उनले सरकारको ध्यानाकर्षण गराइन्।

उनले ओली समूहका केही सांसदलाई लक्षित गर्दै भनिन्, ‘प्रधानमन्त्री ओलीले सांसदहरुलाई कुन खालको चस्मा लगाइदिनुभएको छ, जो प्रधानमन्त्रीले चालेको प्रतिगमन र कुकार्यलाई मनबाट प्रशंसा गरेर हिँड्नुभएको छ।’

लोकतन्त्र जनताका बीचमा खोज्नुपर्नेमा उनले जोड दिइन्। ‘लोकतन्त्रमा जनता खुसी हुनुपर्छ, सार्वभौमसत्ता हुनुपर्छ,’ सांसद परियारले भनिन्।

प्रकाशित मिति: १४:४४ बजे, बुधबार, चैत १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्