Kathmandu Press

पाँचथरको फिदिम बजारमा आगलागी

पाँचथर, जेठ २३ : पाँचथरको सदरमुकाम फिदिम बजारमा आगलागी भएको छ।

केहीबेर अघि फिदिमको मध्य बजारमा आगलागी भएको हो। स्थानीय बासिन्दा, प्रहरी र से....

पाँचथरको फिदिम बजारमा आगलागी

पाँचथर, जेठ २३ : पाँचथरको सदरमुकाम फिदिम बजारमा आगलागी भएको छ।

केहीबेर अघि फिदिमको मध्य बजारमा आगलागी भएको हो। स्थानीय बासिन्दा, प्रहरी र सेना आगो निभाउने प्रयास गरिरहेका छन्। नगरपालिकाको दमकल पनि प्रयोग गरिएको छ।

स्थानीय बासिन्दाका अनुसार, फिदिम नगरपालिका–१ मेनरोडस्थित होटल अजिमा र पाँचथर गेस्ट हाउसबीचमा रहेको कच्ची घरबाट आगलागी सुरु भएको हो।

अन्य घरमा पनि आगो सल्केको छ। नजिकका पसलहरू खाली गर्न थालिएको छ।

 

प्रकाशित मिति: १४:१२ बजे, बिहीबार, जेठ २३, २०७६