Kathmandu Press

ट्रम्पले खोले नयाँ वेबसाइट

काठमाडौं, चैत १८ : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलिन्डा ट्रम्पले आफ्नै नयाँ वेबसाइट सुरु गरेका छन्।उनीहरूले अफिस ४५ डट कम नामक...
ट्रम्पले खोले नयाँ वेबसाइट

काठमाडौं, चैत १८ : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलिन्डा ट्रम्पले आफ्नै नयाँ वेबसाइट सुरु गरेका छन्।

उनीहरूले अफिस ४५ डट कम नामक नयाँ वेबसाइट सुरु गरेका हुन्। पछिल्लो समय फेसबुक, ट्विटर, स्न्यापच्याटजस्ता सोसल मिडियाले ट्रम्पलाई प्रतिबन्ध गरेपछि उनले आफ्नै नयाँ वेबसाइट सुरु गरेका हुन्। 

ट्रम्पका प्रवत्ता र सल्लाहकार जेसन मिल्लरले यो नयाँ साइट पूर्ण रुपमा सञ्चालन हुन अझै दुईदेखी तीन महिना लाग्न सक्ने बताए। उनले हाल यो नयाँ वेबसाइटमा ट्रम्पको जीवनी, दर्जनौं तस्बिर र उनकी पत्नी मेलिन्डासँगको तस्बिर र भिडियो हेर्न सकिने बताए।  

प्रवक्ता मिल्लरले यो नयाँ वेबसाइटले लाखौं मानिसलाई आकर्षित गर्ने बताएका छन्। 

प्रकाशित मिति: १३:५३ बजे, बुधबार, चैत १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्