Kathmandu Press

डाटा ह्याक गरी एटीएमबाट पैसा निकाल्ने चिनिया नागरिक पक्राउ

काठमाडौं, चैत १८ : अनाधिकृत रुपमा पैसा निकाल्ने चिनियाँ नागरिक पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार साँझ ज्याठा स्थितमा रहेको...
डाटा ह्याक गरी एटीएमबाट पैसा निकाल्ने चिनिया नागरिक पक्राउ

काठमाडौं, चैत १८ : अनाधिकृत रुपमा पैसा निकाल्ने चिनियाँ नागरिक पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार साँझ ज्याठा स्थितमा रहेको मेगा बैकको एटिएम मेशिनबाट अनाधिकृत रुपमा पैसा निकाल्दै गरेको अवस्थामा चिनियाँ नागरिक वाङ सियालङलाई पक्राउ गरेको हो । 

मेगा बैंकको एटिएम बुथबाट अस्वभाविक रुपमा कुनै व्यक्तिले रकम निकाल्न लागेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले सियालङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

सियालङलाई नियन्त्रणमा लिई उनी बस्ने गरेको ज्याठा स्थित होटल मोन्टिसको को चौथो तलाको रुम नं.४०५ मा खोजतलास गर्दा उनको साथबाट उनको साथमा १० थान एटिएम, पासपोर्ट, इन्टरनेट कनेक्टर, पेन्राइभ, हिडेन क्यामरा, ड्रिल मेसिन, चाइनिज युएन, अमेरिकी डलर र नेपाली रुपैयाँ बरामद गरिएको छ।

प्रहरीले बैंकिङ कसुरअन्तर्गत थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: १३:४६ बजे, बुधबार, चैत १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्