Kathmandu Press

गोली लागेर बैतडीमा एकको मृत्यु

बैतडी, चैत १८ : गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको आज (बुधबार) मृत्यु भएको छ।मृत्यु हुनेमा मेलौली नगरपालिका-३ ढडौनका २५ वर्षीय...
गोली लागेर बैतडीमा एकको मृत्यु

बैतडी, चैत १८ : गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको आज (बुधबार) मृत्यु भएको छ।

मृत्यु हुनेमा मेलौली नगरपालिका-३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

गोेली लागेर घाइते भएका चन्दको जिल्लामा उपचार हुन नसक्दा काठमाडौं रेफर गरिएको थियो। काठमाडौंमा पनि उपचार हुन नसक्ने भन्दै घर लैजान भनिएपछि अत्तरिया पुग्दा चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ।

चैत १४ गते घरमै रहेका बेला आफैंले बन्दुक चलाउँदा  घाँटीमा गोली लागेर चन्द घाइते भएको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार चन्दको घरबाट बन्दुक बरामद गरिएको छ।

उनले किन बन्दुक चलाए भन्नेबारे खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित मिति: १२:४२ बजे, बुधबार, चैत १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्