आज पनि घट्यो सुनको मूल्य
काठमाडौं,चैत १८ : नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको...
काठमाडौं,चैत १८ : नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।
छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलाको ८६ हजार थियो।
तेजाबी सुनको मूल्य तोलामा पनि चार सय रुपैयाँले घटेर ८५ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १२:३४ बजे, बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











