Kathmandu Press

एसिया प्रशान्तमा शरणार्थीलाई कोरोना खोप दिने नेपाल पहिलाे

काठमाडौं, चैत १८ : सिया प्रशान्तमा भुटानी र तिब्बती शरणार्थीलाई कोरोनाविरुद्ध खोप दिने नेपाल पहिलो देश बनेको छ। ६५ वर्षभन्दा माथिका भुटानी र...
एसिया प्रशान्तमा शरणार्थीलाई कोरोना खोप दिने नेपाल पहिलाे

काठमाडौं, चैत १८ : एसिया प्रशान्तमा भुटानी र तिब्बती शरणार्थीलाई कोरोनाविरुद्ध खोप दिने नेपाल पहिलो देश बनेको छ। ६५ वर्षभन्दा माथिका भुटानी र तीब्बती शरणार्थीलाई कोरोनाविरुद्धको खोप गत मार्च ७ बाट लगाउन सुरु गरिएको हो। 

पूर्वी नेपालको झापा जिल्लामा रहेको बेलडाँगी शरणार्थी शिविरमा कोरोनाविरुद्धको खोप लगाइएको छ।

स्थानीय अधिकारीहरू, शरणार्थी नेताहरू र सुरक्षा अधिकारीहरूले शरणार्थी बस्तीमा अस्थायी खोप केन्द्र स्थापना गरेका थिए र २४ मार्चसम्म ६ सय ६८ वृद्धवृद्धा शरणार्थीलाई भाइरसविरुद्ध खोप लागाइएको छ।

पहिलो चरणमा स्वास्थ्यकर्मीहरू, सरसफाइ कामदारहरू र सुरक्षा अधिकारीलाई खोप लगाइएको छ भने दोस्रो चरणमा ६५ वर्ष उमेर भन्दा माथिका वृद्धवृद्धालाई खोप लगाइएको छ। 

प्रकाशित मिति: १२:२१ बजे, बुधबार, चैत १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्