Kathmandu Press

एमालेकै कार्यकर्ताले जलाए प्रधानमन्त्री ओलीको पुत्ला

धनगढी, चैत १७ : नेकपा (एमाले)कै कार्यकर्ताले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन्।मंगलबार युवा संघ नेपालले धनगढीमा ओलीको पुत्ला...
एमालेकै कार्यकर्ताले जलाए प्रधानमन्त्री ओलीको पुत्ला

धनगढी, चैत १७ : नेकपा (एमाले)कै कार्यकर्ताले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन्।

मंगलबार युवा संघ नेपालले धनगढीमा ओलीको पुत्ला जलाएको हो। वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई कारबाही गरेको विरोधमा ओलीको पुत्ला जनाएको जनाएको छ।

युवा संघ सुदूरपश्चिमका अध्यक्ष बाबुराजा श्रेष्ठले ओलीको अवैधानिक कार्यको विरोध गरिएको बताए। पुत्ला दहनपछि युवा संघका कार्यकर्ताले ओलीविरुद्ध नाराबाजी गरेका थिए।

ओलीले सोमबार नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन्। त्यस्तै, नेता घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेका छन्।

 

प्रकाशित मिति: २१:०० बजे, मंगलबार, चैत १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्