Kathmandu Press

बालयौन दुराचारको आरोपमा अमेरिकी नागरिक पक्राउ

बालयौन दुराचारको आरोपमा अमेरिकी नागरिक पक्राउ

काठमाडौं, चैत १७ : बाल यौन दुराचारको आरोपमा एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले अमेरिकी नागरिक माइकल नर्मन टेलरलाई पक्राउ गरेको हो।  निकै अघिदेखि खोजीको सूचीमा रहेका उनलाई आज कास्कीको पोखरा महानगरपालिका–१८ स्थित होमस्टेमा बसिरहेका बेला ब्यूरोको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको जनाएको छ।

उनले अमेरिका रहँदादेखि नै बालयौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकासँग सामाजिक सञ्जालमार्फत नियमित सम्पर्क गर्ने गरेको भन्ने सूचनका आधारमा ब्यूरोले उनलाई खोजी गरिरहेको थियो। उनी सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएको र सन् २०१९ मा तीन बालबालिकालाई बालयौन दुराचार गरेको भन्दै पीडितबाट जाहेरी दरखास्त परेको छ।

उनको साथबाट प्रहरीले चार हजार ६०० अमेरीकी डलर, ल्यापटप तथा मोबाइल बरामद गरेको ब्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक गङ्गा पन्तले बताए।

 

प्रकाशित मिति: १९:१९ बजे, मंगलबार, चैत १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्