Kathmandu Press

आज थप १६७ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

काठमाडौं, चैत १७ : पछिल्लो २४ घन्टामा देशभर १६७ जना कोरोना भाइरसको संक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मंगलबार १६७ संक्रमित थपिएसँगै...
आज थप १६७ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

काठमाडौं, चैत १७ : पछिल्लो २४ घन्टामा देशभर १६७ जना कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मंगलबार १६७ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार १ सय ४७ पुगेको छ। पछिल्लो २४ घन्टामा ३ हजार १ सय ४० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, पछिल्लो २४ घन्टामा ११५ जना कोरोना संक्रमित निको भएका छन्। मंगलबारसम्म २ लाख ७२ हजार ७ सय २७ जना निको भइसकेका छन्।

यसैगरि कोरोनाबाट ३ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म १ हजार ३ सय ९० जना आइसोलेसनमा छ। त्यस्तै, ५३ जना क्‍वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १८:०२ बजे, मंगलबार, चैत १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्