Kathmandu Press

माओवादीले फिर्ता लियो वागमती प्रदेश सरकारलाई दिएको समर्थन

माओवादी (केन्द्र)ले वागमती प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ।
माओवादीले फिर्ता लियो वागमती प्रदेश सरकारलाई दिएको समर्थन

काठमाडौं- माओवादी (केन्द्र)ले वागमती प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ।

माओवादी केन्द्रको प्रदेशसभा संसदीय दलको सोमबारको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो। आगामी दिनमा प्रदेशसभामा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय पनि बैठकले गरेको छ।

माओवादी केन्द्र र एमाले माधवकुमार नेपाल समूहबाट मन्त्री बनेकाहरूले राजीनामा दिइसकेका छन्। प्रदेशसभामा माओवादी केन्द्रका २३ सांसद छन्।

वागमती प्रदेशसभामा एक सय १० सांसद छन्। तीमध्ये एमालेका ५७ जना छन्।
 

प्रकाशित मिति: १७:३१ बजे, मंगलबार, चैत १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्