प्रयोगशालाबाट होइन जनावरबाट सरेको थियो कोरोना
काठमाडौं, चैत १७ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस प्रयोगशालाबाट नभई जनावरबाट मानिसमा सरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोना भाइरस उत्पति सम्बन्धि...
काठमाडौं, चैत १७ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस प्रयोगशालाबाट नभई जनावरबाट मानिसमा सरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
कोरोना भाइरस उत्पति सम्बन्धि रिपोर्ट सार्वजनिक गर्दै विश्व स्वास्थ्य संगठनले सन् २०१९ डिसेम्बरमा नभई त्यो भन्दा दुई महिना अगाडिबाटै कोरोना जनावरबाट मानिसम फैलिएको उल्लेख गरेको छ ।
रिपोर्टले कोरोना भाइरसको प्रसार सम्भावित रुपमा चार स्रोतबाट सरेको उल्लेख गरेको छ ।
कोरोना भाइरस जनावरहरु जस्तैः चमेरो, लोखर्के, सालक र खरायोबाट मानिसमा सरेको हुनसक्ने उल्लेख गरेको छ । तर चमेरोमा कुन जनावरबाट कोरोना सरेको थियो भन्ने कुरा पत्ता नलागेको रिपोर्टमा बताइएको छ ।
प्रकाशित मिति: १७:२१ बजे, मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)