Kathmandu Press

भारतीय सेनाद्वारा नेपाली सेनालाई कोरोना खोप हस्तान्त्रण

भारतीय सेनाद्वारा नेपाली सेनालाई कोरोना खोप हस्तान्त्रण

काठमाडौं, चैत १७ : भारतीय सेनाले नेपाली सेनालाई १ लाख डोज कोभिड–१९ विरुद्धको खोप हस्तान्त्रण गरेको छ । मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राले प्रधान सेनापति पुर्णचन्द्र थापालाई खोप हस्तान्तरण गरे ।    

भारतीय सेनाले नेपाली सेनालाई दिएकाे कोभिड–१९ विरूद्धको कोभिशील्ड भ्याक्सिन आइतबार नेपाल आइसकेको थियो । 

कोभिड–१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ भारतीय सेनाले नेपाली सेनालाई भ्याक्सिन उपलब्ध गराएको बताएको छ। 

यसअघि भारत सरकारले नेपाललाई १० लाख डोज भ्याक्सिन अनुदानस्वरूप उपलब्ध गराएको थियो।

प्रकाशित मिति: १६:१५ बजे, मंगलबार, चैत १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्