Kathmandu Press

फुङ्लिङ तुवाँलोले अध्याँरै

ताप्लेजुङ, चैत १७ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा हिमपातभएसँगै ताप्लेजुङको सदरमुकाम आज बिहानदेखि तुवालोले अध्याँरो बनाएको छ। हिमाली बस्ती घुन्सामा तीन दिनदेखि हिमपात...
फुङ्लिङ तुवाँलोले अध्याँरै

ताप्लेजुङ, चैत १७ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा हिमपातभएसँगै ताप्लेजुङको सदरमुकाम आज बिहानदेखि तुवालोले अध्याँरो बनाएको छ। हिमाली बस्ती घुन्सामा तीन दिनदेखि हिमपात भएको स्थानीय पेमा शेर्पाले जानकारी दिए। उनले भने ‘तीन दिन भयो हिउँ पर्दै रोक्दै गरेको । आज पछि हिउँ पर्दै छ ।’ हिउँ परेपछि चिसोका कारणले जनजीवनसँगै पशु चौपाय  प्रत्यक्ष प्रभावित हुन पुगेको उनले बताए। घुन्सा समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइँमा अवस्थीत एक पर्यटकीय क्षेत्र हो ।

फक्ताङलुङ–७ ओलाङ्गोलमा भने हिउँ नपेर पनि तीन दिनदेखि गाउँ नै अध्यारो  भएको स्थानीय तेन्जिङ वालुङले जानकारी दिए। उनले भने, ‘हामीले त  जङ्गलमा आगलागी भएछ, भनेर तलसम्म झरेर हेर्यो । आगलागी भएको हैन् रहेछ । ’ ओलाङचुङगोलामा तुवालो तीन दिनदेखि गाउँ नै अध्याँरो बनाएको तेन्जिङ वालुङले जानकारी दिए । 

त्यस्तै ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आज बिहाननैदेखि तुवालोले पुरै बजार अध्याँरो भएको छ । तुवाँलोका कारणले प्रत्यक्ष स्वास्थ्यमा प्रभाव पर्ने जनाउँदै सरकारको आइतवारको चार दिन विद्यालय विदा दिने निर्णय गरेसँगै आजदेखि जिल्लाका सबै सामुदायिक विद्यालय बन्द भएका छन् ।
 

प्रकाशित मिति: १३:५६ बजे, मंगलबार, चैत १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्