बालकृष्ण खाँणको प्रश्न,‘आलु-प्याजको भाउ त प्रधानमन्त्री र पीएलाई उही हैन र?
काठमाडौं, जेठ २३ : नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले राष्ट्रपति/प्रधानमन्त्रीको तलब वृद्धि कार्यालय सहायक र खरिदारको मासिक तलबभन्दा ....
काठमाडौं, जेठ २३ : नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले राष्ट्रपति/प्रधानमन्त्रीको तलब वृद्धि कार्यालय सहायक र खरिदारको मासिक तलबभन्दा बढी भएको बताउँदै बजेट कसरी समाजवाद/साम्यवादउन्मुख भयो भन्ने प्रश्न गरेका छन्।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले यो बजेटले झनै असमानता बढाएको बताए।
‘सहयोगीको तलब १६,२३० बाट २० प्रतिशत वृद्धि हुँदा १९,४७६ रुपैयाँ हुन्छ तर प्रधानमन्त्रीको तलब ७७२८० मा १८ प्रतिशत वृद्धि हुँदा १३,९१० रुपैयाँ त वृद्धि मात्रै हुन्छ । कार्यालय सहयोगीको जति त प्रधानमन्त्रीको वृद्धि नै हुन्छ’, उनले भने, ‘खरिदारको तलब २६,६०४ छ। राष्ट्रपतिको तलबवृद्धि २७,०८१ रुपैयाँले वृद्धि हुन्छ । त्यसैले यो साम्यवादी झलक दिने भएन । समानतालाई जोड दिएको बजेट भयो र ? यो बजेटले झन् विभेद बढाएको छ।’
खाँणले कर्मचारीको तलब अझै बढाउनुपर्ने बताए। कसैले पनि विरोध गरेको नगरेको बताउँदै उनले भने, ‘यो समाजवाद उन्मुख सरकार हैन, यो सरकार समाजवाद हुँदै पूँजीवादतर्फ उन्मुख सरकार भयो।’
खाँणले भने, ‘आलु , प्याज, लसुन, ग्यास सिलिन्डर किन्दा त राष्ट्रपतिलाई पनि त्यही हो, प्रधानमन्त्रीलाई पनि त्यही हो । सांसद्लाई र खरिदारलाई पनि त्यही हो । चालक र सहयोगीलाई पनि त्यही हो। यो समाज र साम्यवाद उन्मुख बजेट विल्कुलै भएन।’
उनले बजेटलाई कागजको घोडाको संज्ञा दिए। उनले भने, ‘न यसले घाँस र दाना खाला, न सवारी बोक्न सक्ला। ऋणात्मक बजेटले पूँजीगत खर्च गर्नै सकेको छैन।’ उनीहरूलाई महँगी नलाग्ने, महँगा उच्च पदकालाई मात्र लाग्ने?






