तोलामा पाँच सयले घट्यो सुनको मूल्य
काठमाडौं, चैत १७ : नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८६ हजार ५...
काठमाडौं, चैत १७ : नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ८६ हजारमा पुगेको हो।
यस्तै, तेजाबी सुन तोलामा ८५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ। यसैबीच मंगलबार चाँदीको मूल्यसमेत घटेको छ।
सोमबार तोलामा एक हजार २ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १२१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
प्रकाशित मिति: १२:२८ बजे, मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











