जनता जागरुक बनाउन स्वाभिमान यात्रा : थापा
पोखरा, जेठ २३ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आम जनतालाई जागरुक बनाउन र सरकारमाथि दबाब सिर्जना गराउने उद्देश्यले ‘राष्ट्रिय ....

पोखरा, जेठ २३ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आम जनतालाई जागरुक बनाउन र सरकारमाथि दबाब सिर्जना गराउने उद्देश्यले ‘राष्ट्रिय स्वाभिमान यात्रा’ सुरू गरिएको बताएका छन्।
आज मिडिया नेपाल र राप्रपा कास्कीद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रममा उनले स्वाभिमान यात्राले जनतालाई जागरुक बनाउने बताए। यात्राको दोस्रो चरणअन्तर्गत मुस्ताङबाट सुरु भई म्याग्दी, पर्वत, कास्की, तनहुँ, लमजुङ हुँदै गोरखा पुगेर यही जेठ २७ गते सम्पन्न हुने जानकारी दिए।
राप्रपाको स्वाभिमान यात्रा भोलि मुस्ताङबाट सुरू हुँदैछ।
आगामी आर्थिक वर्षको बजेट केही सकारात्मक र केही नकारात्मक रहेको प्रसङ्ग उल्लेख गर्दै उनले दीर्घकालीन रूपमा बेरोजगारी समस्या समाधानका लागि देशभित्रै पर्याप्त रोजगारको व्यवस्था हुनेपर्नेमा जोड दिए। उनले शान्ति प्रक्रिया टुङगिएका बेला विप्लवको विद्रोह मुलुकको चूनौतीका रुपमा देखिएको उल्लेख गरे।
अध्यक्ष थापाले सत्ता केन्द्रितभन्दा बढी नीति केन्द्रित भएर राजनीतिक गर्ने र समान विचार भएका दलहरूसँग एकताका लागि प्रयास जारी राख्ने बताए।











