Kathmandu Press

माछा मार्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

भोजपुर, चैत १७ : भोजपुरको पिखुवाखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु गएको छ  । करेन्ट लगाएरमा माछा मार्ने क्रममा पिखुवा हाइड्रोपावर...
माछा मार्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

भोजपुर, चैत १७ : भोजपुरको पिखुवाखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु गएको छ  । करेन्ट लगाएरमा माछा मार्ने क्रममा पिखुवा हाइड्रोपावर काम गर्ने मजुदर महेन्द्रनगरका ३४ वर्षीय रामबहादुर आलेमगरको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिए।

‘माछा मार्ने क्रममा पिखुवाखोलामा एक जना ढलेको भन्ने हामीलाई जानकारी आएपछि प्रहरी टोलीसहित म आफैँ घटनास्थलमा पुगेँ । त्यहाँ पुग्दा तार समातेको अवस्था शव फेला प¥यो’, उनले भने, ‘नजिकै उनले मारेको माछा र ढडियासमेत पनि फेला परेको छ । घटनाको प्रकृति हेर्दा करेन्ट लागेर ज्यान गएको देखिन्छ । शव परीक्षण रिपोर्टपछि थप अनुसन्धान हुन्छ ।’

मगर हातमा तार पक्रिरहेको अवस्थामा मृत फेला परेको उनको भनाइ छ । स्थानीयले माछा मार्ने क्रममा मानिस खोलामा ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको औँलाको कापमा करेन्टले पोलेको डामसमेत रहेको प्रहरीको भनाइ छ । आवश्यक प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल भोजपुरमा राखिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: ११:३९ बजे, मंगलबार, चैत १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्