Kathmandu Press

वाग्मती प्रदेशको माओवादी संसदीय दलको नेतामा जम्मकट्टेल

काठमाडौं, चैत्र १७ : नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशसभाको संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन् ।सोमबार सम्पन्न संसदीय दलको बैठकले नेता...
वाग्मती प्रदेशको माओवादी संसदीय दलको नेतामा जम्मकट्टेल

काठमाडौं, चैत्र १७ : नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशसभाको संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन् ।

सोमबार सम्पन्न संसदीय दलको बैठकले नेता जम्मकट्टेललाई चयन गरेको वाग्मती प्रदेशसभा सदस्य युवराज दुलालले जानकारी दिए । यस्तै दलको उपनेतामा कुमारी मोक्तान, प्रमुख सचेतकमा बुद्धिमान माझी र सचेतकमा प्रतिमा श्रेष्ठ सर्वसम्मत रुपमा चयन भए ।

संसदीय दलको बैठकले प्रदेशसभामा प्रभावकारी रुपमा जनताको पक्षमा भूमिका निर्वाह गर्ने र प्रदेशसभाको भूमिकालाई थप सशक्त बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति: ०७:३२ बजे, मंगलबार, चैत १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्