Kathmandu Press

प्रदेश १ माओवादी संसदीय दलको नेतामा आङ्बो

विराटनगर, चैत १६ : नेकपा (माओवादी केन्द्र)ले प्रदेश १ को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बोलाई चयन गरेको छ।सोमबार बसेको माओवादी संसदीय दलको बैठकले...
प्रदेश १ माओवादी संसदीय दलको नेतामा आङ्बो

विराटनगर, चैत १६ : नेकपा (माओवादी केन्द्र)ले प्रदेश १ को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बोलाई चयन गरेको छ।

सोमबार बसेको माओवादी संसदीय दलको बैठकले आङ्बोलाई दलको नेता चयन गरेको हो। त्यस्तै, संसदीय दलको उपनेतामा रामकुमार राई, प्रमुख सचेतकमा झलकसिंह दर्लामी र सचेतकमा सौभाग्यवतीदेवी राईलाई चयन गरेको छ।

यसअघि माओवादी संसदीय दलको नेता रहेका टंक आङ्बुहाङ एमाले प्रवेश गरेका थिए। उनी एमालेमा प्रवेश गरेपछि संसदीय दलको नेताको पद रिक्त रहेको थियो।

यससँगै माओवादीले टंक आङ्बुहाङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। स्पष्टीकरण सोधिने र दलमा नफर्किए कारबाही गरिने नवनियुक्त संसदीय दलका नेता आङ्बोले बताए। दलसम्बन्धी ऐनअनुसार संसदमा उनको पद रिक्त भएको सूचना संसद सचिवालय पठाइने उनले बताए।

 

प्रकाशित मिति: २०:११ बजे, सोमबार, चैत १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्