नेप्सेमा पाँच अङ्कको गिरावट
काठमाडौं, चैत १६ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५.४५...
काठमाडौं, चैत १६ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५.४५ बिन्दुले ओरालो लागेर दुई हजार ५४३.५२ मा पुगेको छ।
यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३९ बिन्दुले ओरालो लागेर ४४९.९२ मा पुगेको छ। कूल २०९ कम्पनीको ९१ लाख ३८ हजार ९३५ कित्ता शेयर चार अर्ब ४१ करोड तीन लाख ४५ हजार ३० मा कारोवार भयो।
सोमबारको कारोवारपछि बजार पूँजीकरण ३५ खर्ब १२ अर्ब ७० करोड ६३ लाख ४० हजारको हाराहारीमा रहेको छ।
कारोवार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ। जलविद्युत् २४.५२, वित्त ५.२ र लघुवित्त ४४.५ अङ्ले बढ्दा बैंकिङ ६.७२, व्यापार २१२.८३, होटल तथा पर्यटन १४४.८२, विकास बैंक ०.४८, निर्जीवन बीमा २१.९, उत्पादन २०.१८, अन्य १९.२१, जीवन बीमा ३०.६५, सामूहिक लगानी कोष ०.०६ र लगानी ०.०६ बिन्दुले ओरालो लागेको छ।
नेप्सेका अनुसार कारोवारका आधारमा आज नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको ४४ करोड ३१ लाख ६५ हजार २६३ बराबरको कारोवार भयो।
यस्तै, माथिल्लो तामाकोशी ३८ करोड ७७ लाख ९० हजार ९१, चन्द्रागिरि हिल्स ३७ करोड सात लाख ७६ हजार ४९०, नेपाल बङ्गलादेश बैंक १४ करोड ६९ लाख ४९ हजार २६३, एचआइडिसिएल १२ करोड ८९ लाख ३५ हजार ७९, हिमालयन डिस्टिलरी नौ करोड ५२ लाख ५३ हजार १६०, अजोड इन्स्योरेन्स आठ करोड ९५ लाख ६७ हजार ६६०, नेपाल पुर्नबीमा कम्पनी आठ करोड १० लाख र नेपाल लाइफ इन्स्योरेन्स सात करोड ३४ लाख ८२ हजार ६३६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे।
उन्नती सहयात्रा लघुवित्तका लगानीकर्ताले १० प्रतिशतले कमाए। कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो। अजोड इन्स्योरेन्स ९.९२, महिला लघुवित्त ९.८५, समिट लघुवित्त ९.४३, रिडी हाइड्रोपावर ७.१८, सारथी नेपाल लघुवित्त ६.९९, बोमी लघुवित्त ५.९६, युनाइटेड इदी मर्दी हाइड्रोपावर ५.६३, हिमालयन ऊर्जा विकास कम्पनी ५.४५ र लक्षमी लघुवित्तका लगानीकर्ताले ५.४१ प्रतिशतले कमाए।
यस्तै, चन्द्रागिरि हिल्स ७.१७, माउण्टेन हाइड्रो ६.६७, साल्ट टे«डिङ कर्पोरेशन ४.८७, कालिका पावर ४.२८, एनएमबीका लगानीकर्ताले ३.९७ प्रतिशतले गुमाए। (रासस)











