Kathmandu Press

तनहुँको भिमाद नगरपालिकामा विद्यालय बन्द नहुने

काठमाडौं, चैत १६ : तुवाँलोका कारण वातावरणमा देखिएको खराबीलाई मध्यनजर गर्दै सरकारले देशभरिका विद्यालय मंगलबारदेखि चार दिनका लागि बिदा दिने निर्णय गरेको छ।तर तनहुँको...
तनहुँको भिमाद नगरपालिकामा विद्यालय बन्द नहुने

काठमाडौं, चैत १६ : तुवाँलोका कारण वातावरणमा देखिएको खराबीलाई मध्यनजर गर्दै सरकारले देशभरिका विद्यालय मंगलबारदेखि चार दिनका लागि बिदा दिने निर्णय गरेको छ।

तर तनहुँको भिमाद नगरपालिका क्षेत्रका विद्यालय बन्द नहुने भएको छ। सो नगरपालिकाले हालसम्म वातावरणीय असहज अवस्था नरहेको भन्दै विद्यालय नियमित रुपमा सञ्चालन गर्न गराउन निर्देशन दिएकाले विद्यालय बन्द नहुने भएको हो।

नगरपालिकाले सरकारको निर्णयलगत्तै सोमबार सूचना जारी गर्दै  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखा परेको अस्वाभाविक वातावरणीय परिस्थितिका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरका कारण विद्यालय २० गतेसम्म बन्द हुने सूचना जारी गरे पनि नगर क्षेत्रभित्र हालसम्म वातावरणीय असहज अवस्था नरहेको हुँदा विद्यालयहरु नियमित रुपमा सञ्चालन गर्नगराउन भनेको छ ।

हेर्नुहोस् सूचना

प्रकाशित मिति: १८:०१ बजे, सोमबार, चैत १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्