Kathmandu Press

सगरमाथाबाट खुकुरी रमदेखि भोड्काका सिसीसम्म हेलिकोप्टरमा काठमाडौं ल्याइयो

काठमाडौं, जेठ २२ : विश्वको सर्वोच्च शिखर सगरमाथामा खुकुरी रमदेखि विदेशी भोड्काका सिसिसम्म फेला परेको छ।

सगरमाथा सफाइ अभियान २०७६ अन्तर्....

सगरमाथाबाट खुकुरी रमदेखि भोड्काका सिसीसम्म हेलिकोप्टरमा काठमाडौं ल्याइयो

काठमाडौं, जेठ २२ : विश्वको सर्वोच्च शिखर सगरमाथामा खुकुरी रमदेखि विदेशी भोड्काका सिसिसम्म फेला परेको छ।

सगरमाथा सफाइ अभियान २०७६ अन्तर्गत ११ हजार केजी फोहर संकलनका क्रममा विभिन्न रक्सीका बोतललगायतका फोहोरहरु काठमाडौं ल्याइएको छ।

सगरमाथा बेसक्याम्प, क्याम्प १ देखि ४ हुँदै साउथ कोलसम्म संकलन गरिएको ११ हजार केजी फोहरमध्ये गल्ने र सड्ने फोहरबाहेक अन्य १ हजार फोहर बुधबार काठमाडौ ल्याइएको हो।

फोहर काठमाडौ ल्याइएलगत्तै १ हजार किलो फोहोर ब्ल्यू ओष्ट टु भ्यालुलाई हस्तान्तरण गरिएको छ। सगरमाथाको बेस क्याम्पबाट नेपाली सेनाको हेलिकप्टरबाट फोहोर ल्याइएको हो।

खुम्बु पासाङ ल्हामु गाउँपालिकाको नेतृत्वमा गरिएको सरसफाइका क्रममा चार वटा शव पनि भेटिएको पर्यटन विभागले जनाएको छ। सरसफाइ अभियानका क्रममा लक्ष्यभन्दा बढी फोहोर संकलन भएको बिभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए।

उनले अभियानका क्रममा सगरमाथा क्षेत्रको मौसम सफा भएकै कारण सोचेभन्दा बढी फोहर संकलन गर्न सकिएको पनि बताए।

फोहर लिँदै ब्ल्यू ओष्ट टु भ्यालुका प्रमुख कार्यकारी अधिकृत नविन विकास महर्जनले संकलन गरिएका फोहरहरु भारत पठाइने बताए।

सिसाहरु भने नेपालमै पुनःप्रयोगमा ल्याइने जानकारी उनले दिए ।

गएको वैशाख एक गतेदेखि लुक्लाबाट खुम्बु पासाङ ल्हामु गाउँपालिकाको नेतृत्वमा संयुक्त रुपमा सफाइ अभियान सञ्चालन भएको थियो। अभियान अन्तर्गत बेस क्याम्प वरपरबाट ५ हजार केजी, साउथकोलबाट करिव २ हजार केजी, र क्याम्प २ र ३ बाट करिव ३ हजार फोहर संकलन गरिएकोमा त्यो भन्दा बढि फोहर संकलन भएको थियो।

 

प्रकाशित मिति: २०:५६ बजे, बुधबार, जेठ २२, २०७६