Kathmandu Press

इन्डोनेसियाको इन्धन प्रशोधन केन्द्रमा भीषण आगलागी 

जकार्ता, चैत १६ : इन्डानेसियाको राजधानी जकार्ताको बलोङगन सहरमा रहेको पर्तामिना इन्धन प्रशोधन केन्द्रमा भीषण आगलागी भएको छ। त्यहाँको  सरकारको स्वामित्वमा रहेको पर्तामिना...
इन्डोनेसियाको इन्धन प्रशोधन केन्द्रमा भीषण आगलागी 

जकार्ता, चैत १६ : इन्डानेसियाको राजधानी जकार्ताको बलोङगन सहरमा रहेको पर्तामिना इन्धन प्रशोधन केन्द्रमा भीषण आगलागी भएको छ। त्यहाँको  सरकारको स्वामित्वमा रहेको पर्तामिना इन्धन प्रशोधन केन्द«मा आइतबार आगलागी भएको हो।

उक्त घटनामा परी कम्तीमा पाँचजना गम्भीर घाइते भएका छन्। ९ सय ५० जनालाई सुरक्षित स्थानमा लगिएको छ भने केही मानिसको अवस्था आज्ञात रहेको छ। आगलागीको कारण अझै पत्ता नलागेको अधिकारीहरुले बताएका छन्। 

क्षेत्रीय प्रकोप व्यवस्थापन एजेन्सीले पाँचजना गम्भीर र ११ सामान्य घाइतेको अस्पतालमा उपचार भइरहेको बताएको छ। आगलागीका घाइतेहरू स्थानीय बासिन्दा र इन्धन प्रशोधन केन्द्रसामु उभिएका व्यक्तिहरु थिए।

पर्तमिना प्रशोधन केन्द्रले सोमबार एक प्रेस सम्मेलनमा आगोले प्रशोधन केन्द«को क्षमतामा नोक्सान नपुर्याएको र आगामी पाँच दिनभित्र सामान्य अवस्थामा फर्कने बताएको छ।

प्रकाशित मिति: १३:३८ बजे, सोमबार, चैत १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्