Kathmandu Press

हात्ती आक्रमणमा परी धनुषामा एकको मृत्यु

धनुषा, चैत १६ : हात्तीको आक्रमणमा परी धनुषाको मिथिला नगरपालिका-७ खप्तरी टोलमा एकको मृत्यु भएको छ।आइतबार मध्यराति घरमा सुतिरहेका मगरलाई हात्तीले आक्रमण गर्दा...
हात्ती आक्रमणमा परी धनुषामा एकको मृत्यु

धनुषा, चैत १६ : हात्तीको आक्रमणमा परी धनुषाको मिथिला नगरपालिका-७ खप्तरी टोलमा एकको मृत्यु भएको छ।

आइतबार मध्यराति घरमा सुतिरहेका मगरलाई हात्तीले आक्रमण गर्दा खप्तरी टोल बस्ने ८० वर्षीय वृद्ध पदमबहादुर खप्तरी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर राति नै पठाइएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । खप्तरी टोलमा पूर्वी दिशाबाट एउटा हात्ती गाउँ पसेपछि सर्वसाधारण भागदौड मच्चिएको थियो।

गाउँ पसेका हात्तीले घरमा भएको चामललगायत अन्न खानुको साथै १० घरमा क्षति पुर्याएको छ। गाउँलेहरुले जताततै आगो बालेर होहल्ला गरेपछि हात्ती पुनः जङ्गलतिर गएको थियो। गाउँ नजिकै सामुदायिक वन र राष्ट्रिय वन रहेको छ।

प्रकाशित मिति: १२:३४ बजे, सोमबार, चैत १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्