Kathmandu Press

बडिगाड घटनाको निष्पक्ष छानबिन गर्न बागलुङ कांग्रेसको माग

बागलुङ, चैत १६ : बागलुङको बडिगाड गाउँपालिकामा दुईको मृत्यु हुने गरी भएको झडपको निष्पक्ष छानबिन गर्न नेपाली कांग्रेस बागलुङले माग गरेको छ। बागलुङ जिल्लाको...
बडिगाड घटनाको निष्पक्ष छानबिन गर्न बागलुङ कांग्रेसको माग

बागलुङ, चैत १६ : बागलुङको बडिगाड गाउँपालिकामा दुईको मृत्यु हुने गरी भएको झडपको निष्पक्ष छानबिन गर्न नेपाली कांग्रेस बागलुङले माग गरेको छ। 

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका र  निसीखोला गाउँपालिकाको सिमाना बल्देधुरीमा झडप हुँदा दुई जनाको मृत्यु भएको छ भने केही युवा सम्पर्कबाहिर रहेको घटनाप्रति कांग्रेसले ध्यानार्कषण भएको जनाएको छ। 

कांग्रेसले सोमबार  एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारबाही गर्न र घाइतेको उपचार गर्न सरकारसँग आग्रह गरेको छ । झडपपछि भिरबाट खसाल्दा निसीखोला-७ का अन्दाजी ३७ वर्षीय प्रकाश कुँवर र २९ दीपक दमाईको मृत्यु भएको छ । मृत्यु भएका कुँवर कांग्रेस जिल्ला सदस्य र दमाई सक्रिय कार्यकर्ता हुन्।

जिल्ला सभापति दिपेन्द्रबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा कांग्रेस जिल्ला सदस्य कुँवर र सक्रिय कार्यकर्ता दमाईमाथि सुनियोजित रुपमा साङ्घातिक हमाल गरी योजनाबद्ध रुपमा हत्या गरिएको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

घटनाको विषयमा विभिन्न समाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएको भिडियो र तस्बिरले प्रमाण दिएको र सुनियोजित रुपमा अपराधिक मानसिकताबाट प्रेरित भई हत्या गरेको विज्ञप्तीमा उल्लेख छ। 

प्रकाशित मिति: १२:२९ बजे, सोमबार, चैत १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्