Kathmandu Press

मध्यपहाडी लोकमार्गको विस्तार असारभित्रै सकिने

पर्वत, चैत १६ : कोरोना महामारीका कारण रोकिएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड विस्तारको कामले तीव्रता पाएको छ। थपिएको म्यादभित्र काम सक्नुपर्ने दबाबका कारण...
मध्यपहाडी लोकमार्गको विस्तार असारभित्रै सकिने

पर्वत, चैत १६ : कोरोना महामारीका कारण रोकिएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड विस्तारको कामले तीव्रता पाएको छ। थपिएको म्यादभित्र काम सक्नुपर्ने दबाबका कारण निर्माण कम्पनीले कामलाई गति दिएको हो ।

गत भदौमा सकिनुपर्ने काम अहिलेसम्म नसकिएपछि थपिएको नौ महिनाको अवधिमा काम सक्नुपर्ने बाध्यताका कारण निर्माण कम्पनीले तीव्र रुपमा काम अघि बढाएको हो।  पर्वतको २४ किलोमिटर खण्डमध्ये कुश्माबजारभित्र र पातीचौर बजार क्षेत्रमा चार लेनको सडक विस्तार हुँदैछ भने अन्य स्थानमा दुई लेनमा सडक विस्तार गरिने भएको हो ।

कुश्मास्थित आयोजना कार्यालयका प्रमुख मेघराज मरासिनीका अनुसार मोदी गाउँपालिकाको पातीखोलादेखि चुवाको परादीसम्म कालोपत्रको काम सकिएको छ । कुश्मामा विद्युत्का पोल हटाएर मध्य खण्डमा माटो भर्ने काम भइरहेको छ ।

पातीचौरमा कालोपत्र गर्न सबै स्टक्चर तयार भइसकेको छ । सडक चौडा पार्ने, नाली बनाउनेलगायत पूर्वाधारका काम सबै सकिएकाले अब बेस हालेर कालोपत्र गर्न धेरै समय नलाग्ने बताइएको छ ।

सडक विस्तारमा अवरोध रहेका सबै संरचना हटाएपछि कुश्मामा सबैजसो कामदार परिचालन भएका छन् । चुवा, कुश्माको बान्द्रेबिँडी र मोदीको केही भागमा भिरको पहरो फुटाएर सडक चौडा बनाइएको छ । लामा कन्स्ट्रक्सनका प्रतिनिधि राजाराम आचार्यले आउँदो जेठभित्रै पर्वतखण्ड सकिने बताए। –रासस

 

प्रकाशित मिति: १२:२८ बजे, सोमबार, चैत १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्