Kathmandu Press

राष्ट्र बैंकले आठ अर्बको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं, चैत १५ : नेपाल राष्ट्र बैंकले सोमबार आठ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत ट्रेजरी...
राष्ट्र बैंकले आठ अर्बको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं, चैत १५ : नेपाल राष्ट्र बैंकले सोमबार आठ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।

केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको हो। बैंकका अनुसार २८ दिने अवधिका लागि पाँच अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको छ।

बिल आगामी वैशाख १४ गते परिपक्व हुनेछ। यस्तै १० करोड बराबरको टे«जरी बिल भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी असार १५ गते परिपक्व हुनेछ।

यस्तै १८२ दिनका लागि तीन अर्ब बराबरको बिल बिक्री गरिनेछ। उक्त बिल आगामी असोज १२ गते परिपक्व हुनेछ । यसअघि बैंकले यही चैत ९ गते १५ अर्ब ३३ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो।
–––

 

प्रकाशित मिति: १९:०५ बजे, आइतबार, चैत १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्