Kathmandu Press

आज थप ८९ जनामा कोरोना सङ्क्रमण

काठमाडौं, चैत १५ : पछिल्लो २४ घन्टामा दुई हजार १०१ जनामा पिसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ।स्वास्थ्य तथा जनसङ्ख्या...
आज थप ८९ जनामा कोरोना सङ्क्रमण

काठमाडौं, चैत १५ : पछिल्लो २४ घन्टामा दुई हजार १०१ जनामा पिसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८९ जनासँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ८३९ पुगेको छ। हाल क्वारेन्टिनमा ५७ जना छन। त्यसैगरी आइसोलेसनमा एक हजार २८२ जना छन्।

पछिल्लो २४ घन्टामा ९५ जना सङ्क्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार ५३० पुगेको छ। हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार २७ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १८:५० बजे, आइतबार, चैत १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्