Kathmandu Press

वसन्तपुरमा होली खेल्दा दुई समूहबीच झगडा, दुई युवक घाइते

काठमाडौं, चैत १५ : वसन्तपुरमा होली खेल्ने क्रममा दुई समूहबीच कुटाकुट भएको छ। कुटपिटमा दुई युवक घाइते भएका छन्।शनिबार दिनभर वसन्तपुरमा होली मनाइको...
वसन्तपुरमा होली खेल्दा दुई समूहबीच झगडा, दुई युवक घाइते

काठमाडौं, चैत १५ : वसन्तपुरमा होली खेल्ने क्रममा दुई समूहबीच कुटाकुट भएको छ। कुटपिटमा दुई युवक घाइते भएका छन्।

शनिबार दिनभर वसन्तपुरमा होली मनाइको छ। होली खेल्ने क्रममा दुई समूहबीच झडप भएको हो।

वसन्तपुर नजिकै छ्वासपाखा गल्लीमा भएको कुटपिटमा दुई जना घाइते भएका छन्। उनीहरुमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ। घाइते दुवै जनाको वीर अस्पतालमा उपचार भइरहेको छ।

सात आठ जनाको समूहले उनीहरुमाथि धारिलो हतियारले प्रहार गरेको हो। कुटपिटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १८:२३ बजे, आइतबार, चैत १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्