पेट्रोलको मुल्य एक रुपैयाँ घट्यो
काठमाडौं, जेठ २२ : नेपाल आयल निगमले पेट्रोलको मुल्य घटाएको छ।
बुधबार मध्यरातिबाट लागू हुने गरी निगमले पेट्रोलको मुल्यमा प्रतिलिटर एक रु....

काठमाडौं, जेठ २२ : नेपाल आयल निगमले पेट्रोलको मुल्य घटाएको छ।
बुधबार मध्यरातिबाट लागू हुने गरी निगमले पेट्रोलको मुल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको निगमका उपनिर्देशक विनितमणी उपाध्यायले जानकारी दिए।
तर, डिजेल, मट्टीते, हवाई इन्धन र एलपी ग्यासको मुल्य भने यथावत नै रहेको निगमले जनाएको छ। नयाँ मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १ सय १० रुपैयाँमा पाइनेछ भने डिजेल तथा मट्टीतेलको मुल्य ९८ रुपैयाँ ५० पैसा नै यथावत छ।
यसअघि सरकारले गत बुधबार सार्वजनिक गरेको बजेटमार्फत पूर्वाधार शुल्कवापत डिजेल र पेट्रोलमा एक रुपैयाँ शुल्क वृद्धि गरेपछि निगमले मूल्यवृद्धि गरेको थियो।
प्रकाशित मिति: १९:२२ बजे, बुधबार, जेठ २२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











