Kathmandu Press

गोलीसहित एक युवक पक्राउ

चितवन, चैत १५ : जिल्ला प्रहरी कार्यालय चितवनले तीन राउन्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ।कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार आज भरतपुर महानगरपालिका-११...
गोलीसहित एक युवक पक्राउ

चितवन, चैत १५ : जिल्ला प्रहरी कार्यालय चितवनले तीन राउन्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार आज भरतपुर महानगरपालिका-११ भोजाडबाट उनलाई पक्राउ गरिएको हो।
 
होलीको समयमा अस्थायी प्रहरी पोस्टनजिक जाँचका क्रममा गोलीसहित १८ वर्षीय युवक पक्राउ परेको उनले बताए। उनलाई जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याएर थप अनुसन्धान सुरु गरिएको छ।

अनुसन्धान भइरहेकाले प्रहरीले पक्राउ परेका युवकको नाम गोप्य राखेको छ। 

प्रकाशित मिति: १७:१७ बजे, आइतबार, चैत १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्