सेलिब्रेटीले यसरी सम्झिए होली
कोरोना त्रास घट्दै गएको अवस्थामा बिस्तारै सार्वजनिक स्थलमा आयोजना हुने कार्यक्रमहरूमा सहभागी हुन थालेका कलाकार पछिल्ला दुई सातायता संक्रमितको संख्या बढ्न थालेपछि घरमै बसेर सामान्य रूपमै पर्व मनाएका छन्।
काठमाडौं, चैत १५ : आज (आइतबार) देशको तराई भेगबाहेक अन्यत्र हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने हुनाले यो पर्वलाई फागु पूर्णिमा पनि भनिन्छ। आपसमा विभिन्न रङ दलेर उमंगमय ढंगले मनाइने यो पर्वले सामाजिक एकता र सदभावलाई मजबुत बनाउने विश्वास गरिन्छ।
कोरोना कहरका कारण यसपालि भने सार्वजनिक स्थानमा होलीका कुनै कार्यक्रम आयोजना गरिएको छैन। सरकारले पनि घरमै बसेर परिवारजनमा सीमित भएर होली मनाउन, सार्वजनिक स्थानमा भिडभाड नगर्न आह्वान गरेको छ।
तथापि राजधानी काठमाडौंमा तन्नेरीहरू घरबाहिर निस्किएर र साथीभाइ आपसमा भेला भएर मनाइरहेका छन्। होली पर्वमा मापसे गरेर सवारी चलाउनेहरूलाई निरुत्साहित गर्न बिहानैदेखि ठाउँठाउँमा सवारी जाँच कडा पारिएको छ।
विभिन्न सांगीतिक कार्यक्रमको आयोजना हुने भएकाले कलाकारका लागि हाेली पर्व विशेष बन्ने गर्छ। तर गत वर्ष पनि कोरोना संक्रमणको हल्ला चलिसकेकाले कलाकारहरू खुलेर कार्यक्रममा सहभागी हुन सकेनन्।
त्यसअघिका वर्षहरूमा होली पर्वमा आयोजित कार्यक्रमहरूमा सहभागी हुन कलाकारलाई भ्याइनभ्याइ हुन्थ्यो।
कोरोना त्रास घट्दै गएको अवस्थामा बिस्तारै सार्वजनिक स्थलमा आयोजना हुने कार्यक्रमहरूमा सहभागी हुन थालेका कलाकार पछिल्ला दुई सातायता संक्रमितको संख्या बढ्न थालेपछि घरमै बसेर सामान्य रूपमै पर्व मनाएका छन्।
यसैबीच केही कलाकारले विगतमा होली पर्व मनाउँदाकाे अनुभव यसरी सुनाए :
रङको बोरा र पानीको ड्रम ट्याक्टरमा राखेर गाउँ डुलेर होली खेलिन्थ्यो
प्रमोद खरेल, गायक

तराईमा हुर्केको भएर होला होली विशेष लाग्छ, त्यो पनि बच्चा छँदाको। अहिलेसम्म होली रमाइलोसँग नै मनाएको छु, त्यस्तो नराम्रो अनुभव केही छैन।
होलीको कुरा आउँदा सानोमा गाउँमा मनाएको सम्झन्छु र रमाउँछु। होलीका ती पल साँच्चै विशेष र प्रिय थिए। किनभने त्योबेला घरगाउँमा होली खेल्दा बोरामा रंग र ड्रममा पानी राखेर ट्याक्टरमा चढेर सबैलाई रंग र पानी छ्याप्ने गथ्र्यौं। तराईमा पिचकारी, रंगले हाली खेल्ने हुँदा छुट्टै रमाईलो हुन्छ। त्यसरी खेल्नुको पनि छुट्टै मजा थियो। त्यो समयको होली अहिलेसम्म याद आउँछ।
यो वर्ष होलीमा भने काठमाडौं, धादिङ, इटहरी र विराटनगरमा कन्सर्ट थियो। त्यहीँ कन्सर्टमा नै होली मनाउने सोच थियो। तर, कोरोनाका कारण सबै कन्सर्टहरू रद्द भए। यो वर्ष होली मनाउँदिन।
सबै कलाकार एकै ठाउँ भएर खेल्दा निकै रमाइलो हुन्थ्याे
बेनिसा हमाल, नायिका

पहिला सामान्य रुपमा होली मनाइन्थ्यो। तर, चलचित्र क्षेत्रमा आएपछि चाहिँ होलीका विभिन्न कार्यक्रममा सहभागी भएँ। आफूसहितका ती कार्यक्रममका तस्बिरहरु मिडियामा आएपछि ‘आफू निकै स्पेल’ छुजस्तो अनुभव हुन्थ्यो।
सुरुवातमा होलीका कार्यक्रममा जहाँ–जहाँबाट निमन्त्रणा आयो, सबै कार्यक्रममा जान्थें। त्यही समयमा गोदावरीमा करिश्मा मानन्धरको घरमा पनि हालीको कार्यक्रम भएको थियो, त्यहाँ म पनि गएँ। सबै कलाकार एकै ठाउँ भएर होली मनाउँदा निकै रमाइलो भयो।
तर गत वर्षको होली भने जीवनको सबैभन्दा नराम्रो भयो। म काम विशेषले भारत गएको थिएँ, त्यही समयमा लकडाउन भएपछि उतै बस्नुप¥यो। होलीको समयमा पनि घरपरिवारबाट टाढा बस्नुपर्दा नरमाइलो लाग्यो।
यस्तै पहिला मानिसहरू होली आउनुअघि नै लोला हान्ने गर्थे। मलाई त्यो मन पर्दैन। आफू काम विशेषले हिँड्दा पनि लुगा नै फोहोर हुने गरि लोला हान्थे। पानी पनि नराम्रो हुन्थ्यो। त्यही कारण पनि होली मन पर्दैन थियो। तर अहिले यस्तो हुन छाडेको छ।
पाेहाेर हिउँलाई रंगीन बनाउँदै होली मनायौं
किरणकुमार भुजेल, गायक

अहिलेसम्म खेलेको होलीहरू मध्ये गत वर्षको होली नै विशेष लाग्छ। गतवर्ष होली मनाउन ५/६ जना साथीहरू मिलेर कालिञ्चोक गएका थियौँ। कालिञ्चोकको सेताम्मे हिउँलाई रंगीन बनाएर होली मनायौँ, खुबै रमाइलो भयो।
बच्चाबेला खेलेको होलीका याद पनि अविष्मरणीय नै छन्। पहिलादेखि नै रंगहरू धेरै मनपर्ने भएकाले पनि होला अन्य चार्डहरू भन्दा होली धेरै रमाइलो लाग्छ। अहिलेसम्म हरेक वर्षको होली रमाइलो गरेरै बितेको छ।
भाँडा माझेको पानी खन्याउँदा झगडै पर्यो
पुष्प खड्का, नायक
.jpg)
होली आफैँमा एउटा रंगीन पर्व हो। पाँच वर्षअगाडिको कुरा हो, हामी भर्खरै मात्र काठमाडौं आएका थियौँ। हामी दुई जना केटा साथी एउटा फ्ल्याटमा बस्थ्यौँ। त्यही फ्ल्याटको अर्को कोठामा दुई जना केटीहरू बस्थे।
होलीको माहोल थियो। उनीहरूसँग त्यसअघि कहिल्यै कुरा भएको थिएन, होलीको दिन भने कौसीमा खेल्ने क्रममा साथी बन्यौँ। सुरुमा राम्ररी नै रंग लगाएर पानीले होली खेलिरहेका थियौँ। तर, पछि खेल्दाखेल्दै हामी असभ्य तरिकाले खेल्न थाल्यौँ र पानी छ्यापाछ्याप गर्ने क्रममा हामीले भाँडा माझेर फ्याँक्नको लागि राखेको फोहोर पानी ती केटी साथीहरू माथि खन्यायौँ।
त्यसपछि रमाइलो भइरहेको वातावरण एकाएक नराम्रो हुनपुग्यो। त्यो दिन उनीहरूसँग अलि खट्पट् नै पर्यो। तर भोलिपल्टदेखि भने साथीकै रुपमा एकअर्कालाई हेर्न थाल्यौँ। त्यो क्षण कहिले पनि बिर्सिन सक्दिनँ। किनभने त्यो बेला हामीले हद गरेका थियौँ, जुन गर्नुहुँदैन थियो। तर अहिले त्यो क्षण सम्झँदा छुट्टै्र रमाइलो लाग्छ।
गायनमा लागेपछि होली बाहिर मनाउन थालें
दुर्गा खरेल, गायिका

म पहिलादेखि नै होली त्यत्ति खेल्दिनँ। रंगदेखि एलर्जी छ। पहिलादेखि नै मेरो होली घरपरिवारमै सीमित रहन्थ्यो। तर जब गायनमा आएँ, त्यसपछि मात्र होली बाहिर मनाउन थालेको हुँ।
यो क्षेत्रमा लागेपछि सुरुमा होलीको कार्यक्रमहरूका लागि विभिन्न ठाउँबाट निमन्त्रणा आउँदा निकै खुसी लाग्थ्यो। रंगको एलर्जी भएर होली नखेले पनि अरुले खेलेको देखेरै रमाइलो लाग्छ।
यो वर्ष भने विवाहपछिको पहिलो होली, घरपरिवारसँगै सामान्य रुपमा होली मनाउँछौं।
जोसमा अबिर खाइयो, चार महिना बोली बन्द भयो
रमिला न्यौपाने, गायिका

जीवनमै एक पटकमात्रै होली खेलेको छु। ८-९ वर्ष अगाडि एबिसी टेलिभिजन र राष्ट्रिष्य लोकदोहोरी प्रष्ठिान उपात्यका समन्वय समितिले आयोजना गरेको थियो। त्यही दिन मेरो जन्मदिन पनि परेका त्यो होली विशेष थियो, लाभइमै ‘बथे डे’ सेलिब्रेसन गरिएको थियो।
त्यहाँ निकै रमाइलो गरियो, जोशमा अविर पनि खाइए छ। त्यसपछि ४ महिनासम्म बोली नै बन्द भयो। अविरले एलर्जी हुने रहेछ। रमाइलोसँगै पीडा पनि भयो। त्यसपछि होली बनाउँनै छाँडे, सामान्य टिका मात्र लगाउँछु।
पहिला १५-२० दिन अगाडि नै लोला हान्ने चलन थियो। त्यतिखेर ठमेलमा काम गर्थेँ। ठमेलको गल्लीमा ५-६ तलामाथिबाट कुहिएका अन्डा र लोला हानेर हैरान बनाउथे, दिनकै डराइडराइ माथि हेर्दै हिँड्नुपथ्र्याे। अहिलेचाहिँ होली सभ्य हुन थालेको छ।












-(86)-1764936079.jpg)