Kathmandu Press

‘होली पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ’

काठमाडौं, चैत १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले फागुपूर्णिमा पर्वले आपसी सद्भाव र आत्मीयतामा थप वृद्धि गर्न सहयोग पुर्याउने बताएका...
‘होली पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ’

काठमाडौं, चैत १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले फागुपूर्णिमा पर्वले आपसी सद्भाव र आत्मीयतामा थप वृद्धि गर्न सहयोग पुर्याउने बताएका छन्।
      
फागुपूर्णिमाका अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्ता पर्वले आपसी सद्भाव र भाइचारा अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई समेत सुदृढ बनाउने विश्वास व्यक्त गरे।

मन्त्री ढकालले शुभकामना सन्देशमा कोभिड-१९ संक्रमणको जोखिम कायमै रहेको अहिलेको अवस्थामा राज्यका व्यवस्थाभित्र रहेर स्वास्थ्य मापदण्डलाई अपनाएर मात्र फागुपर्व मनाउन पनि अनुरोध गरेका छन्। उनले सत्यको विजयको प्रतीकका रुपमा यो पर्व मनाइने गरेको उल्लेख गरे।

सन्देशमा भनिएकाे छ, ‘नेपालमा आज पहाडी क्षेत्रमा र भोलि तराई क्षेत्रमा विशेष उल्लासपूर्वक रङको प्रयोग गरेर मनाइँदै गरेको २०७७ सालको फागुपर्व (होली) का अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।’

प्रकाशित मिति: १३:४४ बजे, आइतबार, चैत १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्