Kathmandu Press

वीरगन्जको ठोरीमा गुडिरहेको अटोमाथि बाघकाे आक्रमण

काठमाडौं, चैत १५ : वीरगन्जको ठोरीमा गुडिरहेको अटोमाथि शनिबार साँझ साढे ७ बजेतिर बाघले आक्रमण गरेको जनाइएको छ।ठोरी गाउँपालिका-२ चोकबजारबाट विजयबस्तीतर्फ जाँदै गरेको...
वीरगन्जको ठोरीमा गुडिरहेको अटोमाथि बाघकाे आक्रमण

काठमाडौं, चैत १५ : वीरगन्जको ठोरीमा गुडिरहेको अटोमाथि शनिबार साँझ साढे ७ बजेतिर बाघले आक्रमण गरेको जनाइएको छ।

ठोरी गाउँपालिका-२ चोकबजारबाट विजयबस्तीतर्फ जाँदै गरेको ना२ह ६२९० नम्बरको अटोमाथि  बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ।

सो प्रहरी कार्यालयका अनुसार अटोमा चालकसहित तीन जना सवार थिए । बाघले आक्रमण गरेपछि अटो अनियन्त्रित भई पल्टियो। तत्काल बाघ भने भारतको जंगलतर्फ भागेकाले कुनै मानवीय क्षति हुन पाएन।

अटोरिक्साको अगाडिको सिसा फुटेको र छत कुच्चिएको जनाइएको छ। अटोचालकलाई सामान्य चोट लागेको  प्रहरीको भनाइ छ। बाघले आक्रमण गरेको स्थान स्थान जंगली जनावरको प्राकृतिक बाटो रहेको बुझिएको छ।

यसअघि बर्दियामा बाघले आक्रमण गरी मानवीय क्षति नै भएको थियो।  

प्रकाशित मिति: १३:२१ बजे, आइतबार, चैत १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्