Kathmandu Press

समानान्तर कमिटी बनेपछि अर्घाखाँची एमालेमा विवाद

अर्घाखाँची, चैत १५ : एमाले वरिष्ठ नेता माधव नेपाल समूहले अर्घाखाँची जिल्लामा रामबहादुर चौहानको अध्यक्षतामा शनिबार ७२ सदस्यीय समानान्तर कमिटी बनाएको छ। कमिटी...
समानान्तर कमिटी बनेपछि अर्घाखाँची एमालेमा विवाद

अर्घाखाँची, चैत १५ : एमाले वरिष्ठ नेता माधव नेपाल समूहले अर्घाखाँची जिल्लामा रामबहादुर चौहानको अध्यक्षतामा शनिबार ७२ सदस्यीय समानान्तर कमिटी बनाएको छ। कमिटी गठनसँगै त्यहाँको एमालेभित्रको विवाद बल्झिएको छ।

एकीकरण भई नेकपा बन्नुअघिको एमाले जिल्ला सचिव रहेका चौहानलाई केही समयअघि मात्र जिम्मेवारीबाट हटाई उनका ठाउँमा तोजबहादुर रायमाझीलाई राखिएको थियो । त्यसपछि चर्किएको विवादले अहिले समानान्तर कमिटी निर्माणसम्मको रूप लिएको हो।

जिल्ला सचिव तोजबहादुर माओवादी केन्द्र पृष्ठभूमि भए पनि नेकपा छँदैखेरि राजनीतिक रूपले विभाजित हुँदा प्रधानमन्त्री केपी ओलीतिर लागेर ऊर्जामन्त्री भएका र सर्वोच्च अदालतको फैसलापछि माओवादी केन्द्र ब्युँतिँदा पनि एमालेमै  एमाले छाड्ने निर्णय गरेका टोपबहादुर रायमाझीका भाइ हुन्।

चौहानको नेतृत्वमा नेतृत्वमा गठित समानान्तर कमिटीले आफूलाई आधिकारिक ठान्दै २०७५ सालमा निर्वाचित जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यलाई कारबाही गरिसकेको बताएको छ। लुम्बिनी प्रदेश सभा सदस्य सदस्य समेत रहेका आचार्य एमाले केन्द्रीय सदस्य पनि हुन्।

यता एमालेका लुम्बिनी प्रदेशले पार्टी हितविपरीत गुटगत भेला गरेर कारबाहीमा परेकालाई तत्काल कारबाही गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको बताइएको छ।

प्रकाशित मिति: १३:०७ बजे, आइतबार, चैत १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्