Kathmandu Press

गैँडाकोटमा खुल्याे सुविधासम्पन्न होटल

नवलपुर, चैत १५ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–२ को शिलान्यास चोकमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । तीनतारे गुणस्तरको होटल सञ्चालन गर्ने लक्ष्यसहित गैँडाकोटमा...
गैँडाकोटमा खुल्याे सुविधासम्पन्न होटल

नवलपुर, चैत १५ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–२ को शिलान्यास चोकमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । तीनतारे गुणस्तरको होटल सञ्चालन गर्ने लक्ष्यसहित गैँडाकोटमा ११ करोड रुपैयाँको लगानीमा होटल मुन स्टार सञ्चालनमा ल्याइएको हो । 

होटल व्यवसाय र चलचित्र क्षेत्रमा समेत काम गर्दै आएका दुई युवाले होटल सञ्चालनमा ल्याएका हुन् । बाह्र वर्षदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएका राम गैरे तथा १० वर्षदेखि होटल सञ्चालन गर्दै आएका चलचित्रकर्मी ध्रुव न्यौपानेको लगानीमा होटल सञ्चालनमा आएको हो । गैरेको जापानमा चार तथा नेपालमा दुईवटा होटल सञ्चालनमा छन् ।

यसअघि धवलागिरि फिल्म हल रहेको भवनलाई व्यवस्थित गर्दै ११ करोड रुपैयाँको लगानीमा होटल सञ्चालन गरेको गैरेले बताए । पाँच कठ्ठा पाँच धुर जमिनसहितको भवनलाई व्यवस्थित गर्दै होटल सञ्चालनमा ल्याइएको होटलको गुणस्तर तथा सेवा, सुविधा वृद्धि गर्दै लगिने गैरेले बताए । नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै नेपालकै केन्द्रमा पर्ने गैँडाकोटमा समेत पर्यटनको ठूलो सम्भावना देखिएका कारण उनले पाँच वर्षको अध्ययनपछि होटल सञ्चालनमा ल्याएको बताए । 

होटलमा पार्टी प्यालेस, रेष्टुरेन्ट एण्ड बार, सेमिनार हल, ट्राभलका लागि गाडी व्यवस्था गरिएको छ । एक सय जनासम्म बास बस्न मिल्ने गरी तीन प्रकारका कोठाको व्यवस्था गरिएको उल्लेख गर्दै न्यौपानेले एकैपटकमा एक हजार ५०० जनालाई खाना खुवाउन सक्ने गरी सेमिनार तथा भोजभतेर गर्न सकिने हलको सुविधा रहेको जानकारी दिए ।
 
नेपाली, चाइनिज, इण्डियन, थाइलगायत एशियन फुड्सको सेवा उपलब्ध गराउने गरी होटल सञ्चालन गरिएको न्यौपानेले बताए । ५०० देखि दुई हजार २०० रुपैयाँसम्मका बास बस्ने कोठाको व्यवस्था गरिएकाले अन्यको दाँजोमा सस्तो र गुणस्तरीय सेवा प्रदान गरिने उनले बताए। होटलमा स्विमिङ पुल (पौडी पोखरी)को तयारीसमेत भइरहेको उनको भनाइ छ ।

होटलको उद्घाटन शनिबा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डिराज ढकालले गरेका थिए । 
 

प्रकाशित मिति: ११:२६ बजे, आइतबार, चैत १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्