Kathmandu Press

धार्मिक एवं सांस्कृतिक विविधता नै हाम्रो पहिचान हो : मुख्यमन्त्री पौडेल

वाग्मती, चैत १५ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले धार्मिक एवं सांस्कृतिक विविधता नै नेपालीहरुको पहिचान भएको बताएका छन्। फागु पूर्णिमाको अवसरमा आज एक...
धार्मिक एवं सांस्कृतिक विविधता नै हाम्रो पहिचान हो : मुख्यमन्त्री पौडेल

वाग्मती, चैत १५ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले धार्मिक एवं सांस्कृतिक विविधता नै नेपालीहरुको पहिचान भएको बताएका छन्। फागु पूर्णिमाको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रेम, सद्भाव र भाइचाराको भावनासहित आपसमा रङहरु लगाएर मनाइने यस पर्वले पहाड र तराईलाई जोडेको उल्लेख गरेका छन् ।

‘रङहरुको पर्व फागु पूर्णिमा अर्थात् होलीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दछु । प्रेम, सद्भाव र भाइचाराको भावनासहित आपसमा रङहरु लगाएर मनाइने यस पर्वले पहाड र तराईलाई जोडेको छ । त्यसो त धार्मिक एवं सांस्कृतिक विविधता नै हाम्रो पहिचान हो । यसले नै सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा जोडेको छ । यही एकताको जगमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु नै आज हामी सबैको प्राथमिक दायित्व हो’, मुख्यमन्त्री पौडेलको सन्देशमा उल्लेख छ ।

पौडेलले कोरोना महामारीको सम्भावित दोस्रो लहरका कारण यस वर्षको होली विगतको जस्तो गरी मनाउन सकिने अवस्था नरहेको उल्लेख गरेका छन्। उनले आवश्यक सावधानीसहित आफ्नो घर परिवारमा सीमित भई होलीपर्व मनाउन अनुरोध गर्दै समृद्ध नेपाल निर्माणको अभियानमा यस पर्वले थप उत्साह एवं उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: १०:०९ बजे, आइतबार, चैत १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्