जनकपुरमा महामुर्ख सम्मेलन, मह जोडी महामुर्ख घोषित हुँदै
काठमाडौं, चैत्र १५ : होली पर्वको अवसरमा यस बर्ष पनि जनकपुरमा महामुर्ख सम्मेलनको आयोजना हुने भएको छ । २०३६ सालमा स्थापना भएको सुन्दा अचम्म लाग्ने...
काठमाडौं, चैत्र १५ : होली पर्वको अवसरमा यस बर्ष पनि जनकपुरमा महामुर्ख सम्मेलनको आयोजना हुने भएको छ । २०३६ सालमा स्थापना भएको सुन्दा अचम्म लाग्ने महामुर्ख सम्मेलनको यो २५ औं सम्मेलन हो ।
जो कसैलाई पनि महामुर्ख भन्दा रिस उठ्ने गर्दछ तर यो सम्मेलनबाट महामुर्ख घोषित हुन पाउने व्यक्ति भने आफूलाई गौरवान्वित ठान्ने गर्दछन्। मैथिली कला तथा संस्कृति क्षेत्रलाई अगाडि बढाउन निरन्तर काम गर्दै आइरहेको जनकपुरस्थित मिथिला नाट्यकला परिषद (मिनाप) ले हरेक वर्ष होलीको अवसर पारेर महामुर्ख सम्मेलनको आयोजना गर्दै आइरहेको छ।
राजनीतिक, सामाजिक, शिक्षा तथा आद्योगिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएर ख्याति कमाइसकेका व्यक्तिलाई महामुर्खको उपाधिबाट सम्मानित गर्ने परम्परा छ। यस वर्ष नेपालका प्रसिद्ध हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई संयुक्त रुपमा महामुर्ख घोषणा गर्ने तयारी रहेको मिनापले जनाएको छ। मिनापले गर्दै आएको महामुर्ख सम्मेलननबाट महामुर्खको उपाधि पाउने पहिलो व्यक्ति मैथिली कवि नरेश ठाकुर हुन् ।
थुप्रै राजनीतिज्ञ र समाजसेवी सम्मानित भईसकेको यस उपाधीबाट गत वर्ष प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई सम्मानित गरिएको थियो।
महामुर्खको उपाधी दिएर सम्मान गरिएतापनि यस सम्मान दिइनुलाई निकै इज्जत र प्रतिष्ठा दिईएको मान्ने गरिन्छ ।











-1784031842.jpg)