Kathmandu Press

आफैंले लगाएको डढेलोमा परेर मृत्यु

काठमाडौं, चैत १४ : नेत्रावती डबजोङ गाउँपालिकाको धाराधिरीस्थित गुइसामा आगोले जलेर एक जनाको मृत्यु भएको छ। बारीमा आगो लगाउने क्रममा बारी छेउको जंगलको...
आफैंले लगाएको डढेलोमा परेर मृत्यु

काठमाडौं, चैत १४ : नेत्रावती डबजोङ गाउँपालिकाको धाराधिरीस्थित गुइसामा आगोले जलेर एक जनाको मृत्यु भएको छ। बारीमा आगो लगाउने क्रममा बारी छेउको जंगलको आगोले जलेर नेत्रावती डबजोङ धाराधिरीका ६५ वर्षीय मानबहादुर तामाङ (मजरुम मम्बा) को मृत्यु भएको हो।

आफ्नै बारीमा आगो लगाउने क्रममा आगोले जलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए। शुक्रबार भएको घटना गाउँलेले पोलिएको अवस्थामा शनिबार मात्र मनबहादुरको शव फेला पारेका थिए।

प्रकाशित मिति: १७:४४ बजे, शनिबार, चैत १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्