Kathmandu Press

सिकार खेल्न गएका दुईमध्ये एकको गोली लागेर मृत्यु

दाङ, चैत १४ : दाङको घोराही उपमहानगरपालिका-१३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर घटनास्थलमै मृत्यु भएको बताइएको छ। उनीसँग अर्का एकजना पनि सिकार...
सिकार खेल्न गएका दुईमध्ये एकको गोली लागेर मृत्यु

दाङ, चैत १४ : दाङको घोराही उपमहानगरपालिका-१३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर घटनास्थलमै मृत्यु भएको बताइएको छ। 

उनीसँग अर्का एकजना पनि सिकार खेल्न गएकाे प्रहरीकाे भनाइ छ। उनलाई प्रहरीले पहिचान गरी नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घोराही-१२ मा शुक्रबार राति भएको भन्ने सूचना प्राप्त भए लगत्तै प्रहरी त्यसतर्फ पठाइसकिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थल क्षेत्र टाढा भएको र फोनसमेत राम्रोसँग नलाग्ने हुँदा थप विवरण आउन बाँकी छ।

गुरुङको शव पोस्टमार्टमका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको पनि जनाइएको छ।

प्रकाशित मिति: १३:०६ बजे, शनिबार, चैत १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्