Kathmandu Press

स्वास्थ्य सतर्कता अपनाएर मात्र होली खेल्न मुख्यमन्त्री राउतको आग्रह

स्वास्थ्य सतर्कता अपनाएर मात्र होली खेल्न मुख्यमन्त्री राउतको आग्रह

जनकपुरधाम, चैत १४ : मुख्यमन्त्री लालबाबु राउतले एक वर्षदेखि नै विश्वलाई नै अक्रान्त बनाएको कोरोना महामारीको जोखिम पुनः बढ्दै गइरहेको हुँदा त्यसलाई मध्यनजर गर्दै स्वास्थ्य सतर्कता अपनाई मात्र होली पर्व मनाउन आग्रहसमेत गरेका छन् । 

हिन्दूहरुको महान् पर्व होलीको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा मुख्यमन्त्री राउतले सम्पूर्ण हिन्दू धर्मावलम्बीका साथै प्रदेश नं २ का जनसमुदायको सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोतर प्रगतिको मङ्गलमय शुभकामना प्रकट गरेका छन्।

उनले जनकपुरधामको ऐतिहासिक तथा सांस्कृतिक धरोहर मिथिलामध्ये परिक्रमामा सहभागी भएका सम्पूर्ण साधुसन्त एवं धर्मानुरागीमा पनि होली पर्वको शुभकामना व्यक्त गरे। 
 

प्रकाशित मिति: १२:३२ बजे, शनिबार, चैत १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्