Kathmandu Press

आइतबारसम्म मौसम स्थिर रहने

काठमाडौं, १४ चैत : शुक्रबारदेखि एक्कासि काठमाडौं उपत्यकाको आकाश बाक्लो तुवाँलाले ढाकिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका केही जिल्लामा डढेलो लागेको...
आइतबारसम्म मौसम स्थिर रहने

काठमाडौं, १४ चैत : शुक्रबारदेखि एक्कासि काठमाडौं उपत्यकाको आकाश बाक्लो तुवाँलाले ढाकिएको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका केही जिल्लामा डढेलो लागेको र सोबाट सिर्जित प्रदूषणका कारण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको हो । 

आइतबारसम्म मौसम स्थिर रहने विभागका मौसमविद् गंगा नगरकोटीले जानकारी दिए। उनका अनुसार सोमबारदेखि केही बादल विकसित भई हावा पनि चल्ने देखिएकाले मौसममा केही सुधार हुने सम्भावना रहेको छ।

विभागका अनुसार देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव छ । दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित फाट्टफुट्ट तथा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ। 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव छ डिग्री र अधिकतम तापक्रम २८.२ डिग्री सेल्सियस रहेको छ। 

त्यस्तै शनिबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १.९ डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३४.५ डिग्री सेल्सियस छ। 

प्रकाशित मिति: १२:२४ बजे, शनिबार, चैत १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्