Kathmandu Press

पत्रकार महासंघ युरोपको अध्यक्षमा प्रेमबहादुर परियार चयन

पोर्चुगल, चैत १४ : नेपाल पत्रकार महासङ्घ युरोप शाखाका अध्यक्षमा प्रेमबहादुर परियार सर्वसम्मत चयन भएका छन्। शाखाको चौथो अधिवेशन सप्पन्न भएको एक महिनापछि मात्र...
पत्रकार महासंघ युरोपको अध्यक्षमा प्रेमबहादुर परियार चयन

पोर्चुगल, चैत १४ : नेपाल पत्रकार महासङ्घ युरोप शाखाका अध्यक्षमा प्रेमबहादुर परियार सर्वसम्मत चयन भएका छन्। शाखाको चौथो अधिवेशन सप्पन्न भएको एक महिनापछि मात्र  निर्वाचन गर्नुपर्ने केन्द्रको नीतिअनुसार शुक्रबार  निर्वाचनको तालिका  तोकिएको थियो। शाखामा ५९ साधारण सदस्य छन्।

कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा केजिन राई र महेशकुमार खाती, उपाध्यक्षमा राजकुमार थापा, रविचन्द्र भट्टराई, प्रेमचन्द्र पोमु, वाइबी गुरुङ, दिल निशानी मगर, जङ्गम खड्का र दीपेन्द्र गजुरेल, महासचिवमा द्रोण रिजाल, सचिवमा म्हेन्दो वाइवा, शेरबहादुर परियार, सरला कट्टेल, कलश खरेल र कमल पराजुली तथा कोषाध्यक्षमा इन्दिरा चाम्लिङ रहेका छन्।

यसैगरी सदस्यमा वीरमान घर्ती, युवराज फुयाँल, दिनेश गौतम, गोमा खरेल, निराजन श्रेष्ठ, कृष्ण तिवारी, शान्ति अर्याल, अनिल पौडेल, भेषबहादुर सञ्जु  काउचा, रमेशराज बाँस्तोला, ल्हाक्पातेञ्जी शेर्पा र किशोर लिम्बू  रहेका छन्। शाखाका संरक्षकमा पुष्प बरुवाल, पञ्चम अधिकारी र राजकुमार दिक्पाल  चयन भएका छन्।

नयाँ कार्यसमिति गठनका लागि पत्रकार महासङ्घ केन्द्रीय समितिका सदस्य राजेश चाम्लिङ राईका संयोजकत्वमा डा उदयदेव आचार्य सदस्य सचिव रहेको निर्वाचन समिति गठन गरिएको थियो।

प्रकाशित मिति: ११:०० बजे, शनिबार, चैत १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्