Kathmandu Press

अथक मेहनतले मेलम्ची सफल भयो : पूर्वमन्त्री मगर

काठमाडौं, चैत १३ : पूर्वखानेपानीमन्त्री बीना मगरले अथक मेहनले मेलम्ची खानेपानी आयोजना सफल भएको बताएकी छिन्।शुक्रबार मेलम्ची खानेपानी आयोजना विकास समितिका निमन्त्रणामा सुन्दरीजल...
अथक मेहनतले मेलम्ची सफल भयो : पूर्वमन्त्री मगर

काठमाडौं, चैत १३ : पूर्वखानेपानीमन्त्री बीना मगरले अथक मेहनले मेलम्ची खानेपानी आयोजना सफल भएको बताएकी छिन्।

शुक्रबार मेलम्ची खानेपानी आयोजना विकास समितिका निमन्त्रणामा सुन्दरीजल पुगेकी पूर्वमन्त्री मगरले प्रशोधन केन्द्रको अवलोकन गर्दै केही दिनमै पानी आउन लागेकोमा खुशी व्यक्त गरिन्। सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वमन्त्री मगरले भनिन्, 'हाम्रो अथक मेहनत र योजनामुताबिक मेलम्ची आयोजनाको कामले तीव्रता पाएको हो। उपत्यकावासीको मेलम्चीको पानी पिउने सपना अब करिब पूरा भएको छ।'

मेलम्चीबाट सुरुङमार्फत ल्याइएको पानी उक्त प्रशोधन केन्द्रमा प्रशोधन भइसकेपछि काठमाडौँ उपत्यकामा वितरण गरिनेछ। आयोजनाले मेलम्चीबाट आएको पानी आजै उक्त प्रशोधन केन्द्रमा हालेको छ। एक दुई दिनपछि काठमाडौँका घरघरमा मेलम्चीको पानी आउने आयोजनाले जनाएको छ। 

आयोजनाले विभिन्न समयमा जारी गरेका तथ्याङ्कमा सबैभन्दा बढी काम पूर्वमन्त्री मगरको कार्यकालमा भएको देखिएको थियो। मगरको कार्यकालमा सम्पन्न हुने उक्त आयोजना सुरुङको गेटमा आएको प्राविधिक समस्याका कारण केही समय ढिलो हुन गएको थियो।

इटालियन कम्पनी सीएमसीले बीचैमा काम छाडेर गएपछि पूर्वमन्त्री मगरकै सक्रियतामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता भएको थियो। सिनो हाइड्रोले नै आयोजना पूरा गर्न लागेको हो।

 

प्रकाशित मिति: २०:३१ बजे, शुक्रबार, चैत १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्